नियम
बोर्डको कोष
ः(१) बोर्डको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकार, नेपाल राष्ट्र बैंक र अन्य स्वदेशी तथा विदेशी संघ संस्थाबाट प्राप्त सहयोग वा अनुदान रकम ।
तर विदेशी संघ संस्थाबाट कुनै पनि किसिमको सहयोग वा अनुदान रकम प्राप्त गर्नु अघि बोर्डले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(ख) धितोपत्र दर्ता दस्तुर वापत प्राप्त रकम ।
(ग) धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिंदा तथा नवीकरण वापत प्राप्त रकम ।
(घ) बोर्डको सम्पत्ति बिक्री वा श्रोत परिचालनबाट प्राप्त रकम ।
९(ङ) धितोपत्र बजारले प्राप्त गरेको कारोबार शुल्क मध्येबाट बोर्डमा जम्मा गरेको रकम ।
१०(ङ१) धितोपत्र व्यवसायीले दर्ता शुल्क वापत बुझाएको रकम ।
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) उपनियम (१) बमोजिम प्राप्त सबै रकमहरू नेपालको कुनै वाणिज्य बैंकमा खाता खोली राखिनेछ ।
(३) बोर्डको तर्फबाट गर्नु वा व्यहोर्नु पर्ने सबै खर्चहरू उपनियम (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(४) बोर्डको खाता सञ्चालन बोर्डद्वारा तोकिदिए बमोजिम हुनेछ ।